logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • जंगली हात्तीको आतंकले स्थानीय त्रसित

    जंगली हात्तीको आतंकले स्थानीय त्रसित

    5.7K
    Shares

    दमक । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ। बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन्।

    राति हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए। उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायत बस्तीमा दिनहुँजसो आतंक मच्चाउँदै आएको छ। 

    बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ। राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो।

    दिनहुँजसो हात्तीले बस्तीमा आतंक मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गर्दै आएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend