logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • कैलालीमा एमाले उपाध्यक्ष लगायत थुप्रै नेता–कार्यकर्ता माओवादीमा प्रवेश

    कैलालीमा एमाले उपाध्यक्ष लगायत थुप्रै नेता–कार्यकर्ता माओवादीमा प्रवेश

    6.7K
    Shares

    कैलाली । कैलालीमा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढा मगर माओवादीमा प्रवेश गरेकी हुन् । उनलाई सोमबार धनगढीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । कैलालीमा माओवादी केन्द्रको आज (सोमबार) भएको कार्यक्रममा थुप्रै नेता तथा कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् । 

    पार्टी प्रवेश गर्नेहरूमा उपाध्यक्ष पूजादेवी,  नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, २०४८ र २०५४ मा लालझाडी गाउँपालिकाबाट दुई पटक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, २०४२ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउँपालिका बझाङका नेता लालबहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा रहेका छन् ।

    यसैगरी, नेकपा एमालेबाट २०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका, ४ का सदस्य रामबहादुर नेगी, नयाँ शक्ति पार्टीबाट २०६४ सालमा अध्यक्षका उम्मेदवार बिरबहादुर चौधरी, र नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्रबहादुर चोधरी लगायत पार्टीमा प्रवेश गरेका छन्।  

    कार्यक्रममा पार्टी प्रवेश गर्ने अन्य नेताहरूमा गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदमबहादुर बलायर, नेकपा एमाले डोटी जिल्ला कमिति सदस्य आदर्श गाउँपालिकाका चन्द्रदेव पाठक, बजुरा त्रिवेणी नगरपाकिलाका एमाले नेता हिम्मतबहादुर शाही, नेकपा एमाले कैलालीका पर्व जिल्ला सल्लाहकार मनिराम सुनार, धनगढीका  नेपाली कांग्रेसका नेता नविन खड्का, घोडाघोडी नगरपालिकाका एमाले नेता दशरथ न्यौपाने लगायत तीन दर्जनभन्दा बढी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend