logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • निर्वाचनको कार्ययोजना तय गर्न एमाले पार्टी केन्द्रिय कमिटी बैठक बोलाउने तयारीमा

    निर्वाचनको कार्ययोजना तय गर्न एमाले पार्टी केन्द्रिय कमिटी बैठक बोलाउने तयारीमा

    3.3K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । सोमबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले केन्द्रिय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो । 

    त्यसका लागि आवश्यक एजेन्डाहरु तय गर्न भोली (मंगलबार) अपरान्ह ३ बजे पार्टी केन्द्रिय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले पार्टीको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने काममा लागि पार्टी पोलिटव्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रिय कार्यालय बैठकमा छलफल गरिएको बताए । 

    नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend