logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शेयर बजार झन्डै ५ अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

    शेयर बजार झन्डै ५ अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

    3.5K
    Shares
    शेयर बजार झन्डै ५ अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

    काठमाडाै‌ । शेयर बजार लगातार दोस्रो दिन आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ ।

    आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज एनएमबी बैंकको शेयर सबैभन्दा धेरै छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend