logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : माधव नेपाल

    अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : माधव नेपाल

    4.2K
    Shares

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । 

    बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए । अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे ।

    अध्यक्ष नेपालले भने ‘अब सरकारले केही दिन भित्र पूर्णता पाउनेछ, संसदको बैठक ४ गते छ र हाम्रो केन्द्रीय कमिटीको बैठक ५ गते बोलाएका छौँ, ५ गतेको बैठकको निर्णयपछि हामी सरकारमा समावेश हुनेछौँ, त्यसैले यो एक हप्ता भित्रै सबै कुराको टुंगो लगाउनेछाैँ ।’

    अध्यक्ष नेपालले एमसीसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको पनि जानकारी दिए । उनले एमसीसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिने बताए ।

    अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रहसमेत गरे । उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने जानकारी दिए । 

    निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको बताउँदै अध्यक्ष नेपालले अन्याय र अत्याचारको बिरुद्धमा पार्टी दृढतापूर्वक लागि पर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend