logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बल्ल दसैँ आएजस्तो लागेको छ : भुवन केसी 

    बल्ल दसैँ आएजस्तो लागेको छ : भुवन केसी 

    5.9K
    Shares

    गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैँ मनाउनु परेको थियो । तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ । तर, साबधानी भने अपनाउनै पर्छ । 

    म आमसर्वसाधारणले झैँ सामान्य तवरले दसैँ मनाउँछु। बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने ।

    यो दसैँमा फूलपातीको दिनबाट म बिशेष भूमिकामा अभिनित ‘डाडाको वरपीपल’ फिल्म प्रदर्शनमा आएको छ । कोरोनाका कारण ठप्प रहेको फिल्मी माहौल चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ । 

    सोभित बस्नेत भाइले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन् । मलाई बल्ल यसपाली दसैँ आएझैँ महसुस भएको छ । सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिऊन्, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा बडा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।    


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend