एजेन्सी । हलिउडमा निखारिएको अभिनय गर्ने नायिका भनेर परिचित सलमा हायकले आफ्नो सुरुवाती फिल्मी करिअरमा भएका उतारचढाव बारे खुलासा गरेकी छिन् ।
सन् १९९५ मा रिलिज भएको सलमाको फिल्म ‘डेस्पराडो’मा उनले को स्टार एन्टोनियो बेन्डसरसँग अन्तरंग दृश्य दिएकी थिइन् । उक्त दृश्य दिनुपर्दा आफू निकै रोएको एक अन्तर्वार्तामा सलमाले खुलासा गरेकी छिन् । स्क्रिप्टमा उक्त दृश्यको बारेमा केही खुलाइएको थिएन । यद्यपी एन्टोनियोसँग केमेष्ट्रि देखाउनका लागि प्रोडक्शनको तर्फबाट अन्तरंग दृश्य दिन अनुरोध गरिएको थियो ।
अन्तर्वार्ताको क्रममा सलमाले भनिन्, ‘बन्द सेटमा उक्त दृश्य खिचिएको थियो । त्यस समय आफ्नो बुबा र भाइले के सोच्लान् ? यो दृश्य देखेर के भन्लान् ? भन्ने मात्र दिमागमा आइरह्यो । यद्यपी जसरी सकिन्छ त्यसरी मैले आफ्नो बेष्ट दिएँ ।’
सलमा हायक पछिल्लो समय फिल्म ‘द एटरनल्स’ र ‘द हिटम्यान्स वाइफ्स बडिगार्ड’ मार्फत दर्शकमाझ आउने तयारीमा छिन् ।