काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ। क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलले लिभरपुलमाथि सहज जित हात पारेको हो ।
भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।
लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे ।