काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र प्रचन्ड बीच आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ । दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।