logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कालोपत्र गरिरहेको उपकरणमा आगलागी

    कालोपत्र गरिरहेको उपकरणमा आगलागी

    7K
    Shares

    बलेवा । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना१क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।

    कालोपत्रका लागि अलकत्रा तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिए । आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यामिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पु¥याएको सहचालक तिमिल्सिनाले बताए ।

    स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त उपकरण पूर्णरुपमा क्षति पुगेकाले करोडौँको सम्पतिमा क्षति भएको निर्माण व्यवसायीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend