logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका सम्पदालाई बलियो बनाउनु पर्नेमा ज्ञवालीकाे जोड

    सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका सम्पदालाई बलियो बनाउनु पर्नेमा ज्ञवालीकाे जोड

    6.5K
    Shares

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा.सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरुलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम र मध्यमपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्प नगएको र त्यहाँ भूकम्पको इनर्जि जम्मा भएर बसीरहेकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

    उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ बनेका सम्पदाहरु पुरानो र बिना प्रविधिबाट बनेको भएकोले धेरै क्षति हुने अनुमान लगाउन सकिने बताए ।

    उनले बेलैमा प्राकृतिक विपद्बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व कार्यकारी अधिकृत ज्ञवालीले आगलागीको घटनाबाट बच्न खरका छाना हटाउने र प्रवलिकरण गरेर घर बलियो बनाउने कुरा कार्यन्वयन गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend