logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बझाङ छबिसपाथिभेरामा ५ वर्षीया बालिका बलात्कृत, आरोपित फरार

    बझाङ छबिसपाथिभेरामा ५ वर्षीया बालिका बलात्कृत, आरोपित फरार

    8.5K
    Shares

    बझाङ । बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरिएको छ । वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता गरिएको हो ।

    पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर ०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।

    बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताए ।

    बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    मामाघरमा विवाह हेर्न गएकी बालिकासहित उनका अभिभावकले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा पुगी उजुरी दर्ता गरी कारबाहीको माग गरेका छन् ।

    आरोपित सोही दिनबाट फरार रहेको र पीडितको उजुरीका आधारमा आरोपितको खोजी कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend