logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • काँग्रेस पहिलो पार्टी बन्छ– गगन थापा

    काँग्रेस पहिलो पार्टी बन्छ– गगन थापा

    5K
    Shares

    काठमाडौं । नेपाली काँग्रेस महामन्त्री गगन थापाले काँग्रेस यो पटक पहिलो पार्टी बन्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनको मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले काँग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह नरहेको बताएका हुन् ।

    ‘नेपाली काँग्रेस यो पटक पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन । किनभने हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी छियाछिया भएको छ । एमाले टुक्रिएको छ’, थापाले भने, ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०–१२ हजारले पछि थियौँ ।’

    पहिलो पार्टी बन्ने आधारहरू सुनाउँदै उनले अगाडि भने, ‘कही कही तालमेल पनि गरेका छौँ र पार्टी समेत एकढिक्का छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend