logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रारम्भिक नतिजा हाम्रो पक्षमा आएको छ, हामी फराकिलो मतान्तरले विजयी हुन्छौँ: चिरिबाबु महर्जन

    प्रारम्भिक नतिजा हाम्रो पक्षमा आएको छ, हामी फराकिलो मतान्तरले विजयी हुन्छौँ: चिरिबाबु महर्जन

    4.7K
    Shares

     

    ललितपुर । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दावी गरेका छन् । काँग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए ।

    एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गरे । महर्जनले सञ्चारकर्मीमाझ आफू विगतमा भन्दा दशौं गुणा बढि मतका साथ विजयी हुने प्रक्षेपण गरेको बताए ।

    त्यसैगरी एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले ०७४ सालको स्थानीय तह निर्वाचनमा आफू ३२६ मतको झिनो अन्तरमा पराजित भएको र यस पटक भने सबै वडामा आफ्नो राम्रो भएकाले विजयी हुने बताए । उनँले विगतमा भन्दा आफ्नो २१, २२, २३, २४, २६, २७ र २८ वडामा बढि राम्रो भएकाले विजयी हुनेमा ढुक्क रहेको बताए ।

    बाइट…हरिकृष्ण व्यञ्जनकार, एमालेका मेयरका उम्मेदवार, ललितपुर महानगरपालिका

    आईताबार (आज) दिउँसोसम्मको मतगणना अनुसार मेयरमा महर्जनले अग्रता लिनु भएको छ । तर एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार भने दुई प्रतिशत मत गणना गर्दा त्यो परिणाम आएपनि अव आफूले अग्रता दिने बताउनु भयो । महर्जनले भने सबै वडामा आफ्नो राम्रो मत आउने विश्वास व्यक्त गर्नु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend