logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • हावाहुरी र चट्याङबाट ५ जनाको मृत्यु, १२ जना घाइते

    हावाहुरी र चट्याङबाट ५ जनाको मृत्यु, १२ जना घाइते

    6.7K
    Shares

     

    काठमाडौं । हावाहुरी र चट्याङमा परेर ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ११ स्थित भोजाड जङ्गल स्थित भित्री सडकखण्डमा गुडिरहेको ना २ ह २२४७ नम्बर को अटोमा हावाहुरीको कारण रुख ढलि च्यापिन जाँदा २ जनाको मृत्यु भएको हो । यस्तै घाइते २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

     

    यसैगरी चितवनकै बसेनीमा गुडिरहेको ना१ज ६१४० नम्बरको म्याजिकमा हावाहुरीले रुख ढल्दा म्याजिक चालकको मृत्यु भएको छ ।
    यसैगरी कैलालीको लम्किचुहा नगरपालिका ८ गोप्का स्थित भित्री सडकमा गुडीरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण सुकेको रुख ढल्न जाँदा बसमा सवार ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका ३ सावाकटहरे चण्डीथान बस्ने बर्ष ४३ की महिलाको चट्याङ लागेर मृत्यु भएको छ । उनी शौचालय गएको बेला चट्याङ परेको प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।
    यस्तै यसैगरी सुनसरीको तरहरामा पनि चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मोबाइल चलाएर बसिरहेको बखत चट्याङ लागेको थियो ।

    यसैगरी प्युठानको झिमरुक गाउँपालिका ५ माझगाँउ बस्ने बर्ष २५ की महिला आफ्नै घरमा बसिरहेको अवस्थामा नजिकै परेको चट्याङ्गको झड्का लागेर घाइते हुन पुगेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend