logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित २१ को मृत्यु

    अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित २१ को मृत्यु

    6K
    Shares

    एजेन्सी । अमेरिकाको टेक्सास प्रान्तस्थित एक प्राथामिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार उक्त घटनामा १९ बालबालिकासहित २१ को मृत्यु भएको हो ।

    समाचारहरुमा जनाइए अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत स्थानीय युवकले अन्धाधुन्द गोली चलाउँदा उक्त घटना भएको हो । घटनामा संलग्न उनको प्रहरी कारबाहीमा घटनास्थलमै मृत्यु भएको समाचारमा उल्लेख छ ।

    एबिसी टेलिभिजनका अनुसार अभियुक्तले प्राथमिक विद्यालयमा प्रवेश गरे र तुरुन्तै गोली चलाउन थालेका थिए ।

    यसअघि सन् २०१२ मा पूर्वी कनेक्टिकटको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तिले बन्दुक चलाउँदा २० बालबालिकासहित २६ जनाको मृत्यु भएको थियो ।
    अमेरिकी राष्ट्रपति बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारी निकायहरुमा २८ तारिखसम्म आधा झण्डा झुकाउन निर्देशन दिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend