logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • म गरिव देशको बृद्ध भत्ता लिन्न: बाबुराम भट्टराई

    म गरिव देशको बृद्ध भत्ता लिन्न: बाबुराम भट्टराई

    11.6K
    Shares

     

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बृद्ध भत्ताको उमेर घटाइएको भन्दै आफुले उक्त रकम नलिने घोषणा गरेका छन् । बजेट वक्तव्यपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा.भट्टराईले यस्तो बताएका हुन् ।

    उनले वैज्ञानिक भूमिसुधार कार्यक्रम आएनन्, त्यो नआएसम्म परिणात्मक फड्को मार्न नसकिने पनि बताए । ‘सामान्य सुधारात्मक कुरा गरेर वैदेशिक लगानी आउँछ, उद्योग खुल्छन् भन्ने लाग्दैन’, भट्टराईको भनाइ छ । भट्टराईले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बृद्ध भत्ताको उमेर घटाइएको भन्दै आफुले उक्त रकम नलिने घोषणा गरे । ‘सामाजिक सुरक्षा भत्ता ६८ बर्ष घटाउनुपर्ने थिएन । मैले पनि पाउने भए । म गरिव देशको बृद्ध भत्ता नलिने घोषणा गर्छु’ भट्टराईको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend