logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादीले जस्तै कुरा र व्यवहार गरेर स्वतन्त्रले जिते: अध्यक्ष प्रचण्ड

    माओवादीले जस्तै कुरा र व्यवहार गरेर स्वतन्त्रले जिते: अध्यक्ष प्रचण्ड

    4.7K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वतन्त्र उम्मेदवारहरूले माओवादीका जस्तै कुरा र व्यवहार गरेका कारण निर्वाचनमा जितेको दावी गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीले गर्ने व्यवहार जस्तो गरेका स्वतन्त्रले जितेका छन्। हामीले जे भन्थ्यौं, धारो–पानी ल्याउने, शोषण र विभेद हटाउने तथा जनताका समस्या सबै हल गर्ने। उनीहरूले पनि त्यहि भनेर जितेका हुन्।’

    माओवादी केन्द्रले राम्रोसँग काम नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर देखाउँछौं भनेर सबक सिकाएको उनको भनाइ छ।

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend