logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • राज्यमन्त्री विमला वलीलाई तत्काल बर्खास्त गर्न एमालेले गर्यो सरकारसँग माग

    राज्यमन्त्री विमला वलीलाई तत्काल बर्खास्त गर्न एमालेले गर्यो सरकारसँग माग

    5.5K
    SHARES
    राज्यमन्त्री विमला वलीलाई तत्काल बर्खास्त गर्न एमालेले गर्यो सरकारसँग माग

    बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।


    एसेवा


    वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

    ढकालले भने, ‘विगतमा पनि उहाँसंग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएका थिए, तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय छ, आफूजस्तै अर्की महिलामाथि हातपातमा उत्रिनु लज्जाजनक हो, यसले सबै सांसद र प्रदेशबासीको शीर निहुराएको छ ।’

    याे पनि :

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend