logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ: मुख्यमन्त्री पोखरेल

    आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ: मुख्यमन्त्री पोखरेल

    5K
    Shares
    आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ: मुख्यमन्त्री पोखरेल

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा समसामयिक राजनीति, युनियनको महाधिवेशनलगायत विषयमा आयोजित छलफल एवं अन्तक्र्रियामा उनले यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिएको बताए ।

    लोकतन्त्रका लागि लडेका सञ्चारमाध्यममाथि अङ्कुश लगाउने गरी आमसञ्चार विधेयक नआउने विश्वास व्यक्त गर्दै उनले आमसञ्चार विधेयक संसद्मा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझावअनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

    रजिष्ट्रारको विषयमा मात्रै कुरा नमिलेको र कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको उल्लेख गर्दै उनले यसले छिट्टै निकास दिने उल्लेख गरे । गण्डकी प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच पनि लोककल्याणकारी काम गरेको दाबी गर्दै उनले गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक सन्तोषजनक भएको धारणा राखे ।

    नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend