logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य: खगराज अधिकारी

    अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य: खगराज अधिकारी

    4.6K
    Shares
    अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य: खगराज अधिकारी

    काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य रहेको बताए ।

    उनले कानून र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताए । उनले आफूहरुलाई कसैलाई दोषी करार गरेर बदला लिनु नपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पारे ।

    उनले भने– ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं । सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुप¥यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनुछैन । कोही दोषी फलानो होस् भन्ने कुरा होइन, सिस्टमलाई हामीले कसरी सम्हाल्ने र सिस्टमप्रतिको विश्वसनीयता कसरी जनसमथर्नमा कायम गरिरहने भन्ने नै हाम्रो मुख्य विषय हुन्छ । जसले त्यो ठाउँमा भएर राज्यको प्रतिनिधित्व गर्दा नियम, कानूनहरुको परिपालना गरेन । त्यो नगर्दाखेरी र बलमिच्याँई गरेर ठाडो चुनौती दियो । त्यो कुरा अक्षम्य थियो । व्यक्ति कानूनभन्दा माथि हुँदैन । संविधान भन्दा माथि कोही पनि होइन । यो कुराको सर्वोच्चता कायम गर्ने गरेरै हामी अनुसन्धान गर्छौं । कसैलाई दोषी करार गर्ने पूर्वाग्रहसाथ काम गर्दैनौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend