logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्धारा ५७ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्धारा ५७ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान

    5.6K
    Shares
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्धारा ५७ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान

    काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार २७ गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती भएका ५७ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

    उनले व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गदै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफुहरु अगाडी बढिरहेको उल्लेख गदै खाली पदहरु सिमित रहँदा सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने चर्चा गदै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भईरहेको बताए ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिनुहुँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास समेत व्यक्त गरे ।

    उनले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।

    यसैगरी उनले जीवनको लामो र स्वर्णिम समय राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका अधिकृतलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गरे । सो समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend