logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • हतियार खरिद गर्न सुरक्षा निकायले माग गरेको र औचित्यसहित सरकारले संसदमा जानकारी दिनुपर्छ: सांसद अधिकारी

    हतियार खरिद गर्न सुरक्षा निकायले माग गरेको र औचित्यसहित सरकारले संसदमा जानकारी दिनुपर्छ: सांसद अधिकारी

    5.9K
    Shares
    हतियार खरिद गर्न सुरक्षा निकायले माग गरेको र औचित्यसहित सरकारले संसदमा जानकारी दिनुपर्छ: सांसद अधिकारी

    काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले हतियार खरिद गर्न सुरक्षा निकायले माग गरेको र औचित्यसहित सरकारले संसदमा जानकारी दिनुपर्ने माग गरेका छन् । सांसद अधिकारीले बुधवारको बैंठकमा समय माग गरेर बोल्दै यस्तो माग राखेका हुन् ।

    उनले विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा बजेटमार्फत नभएर बजेट रकामान्तर गरेर हतियार खरिद गर्नुपर्ने आवश्यकता किन भयो भन्नेबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले जानकारी दिनुपर्ने बताए । सांसद अधिकारीले जनतालाई छर्रा हान्नको निम्ति बदनाम इटालिको बेरेटा कम्पनीबाट हतियार किन किन्न्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले हतियार कुनैपनि सुरक्षा निकायले माग नगरेको र प्रधकानमन्त्रीले बालुवाटार बोलाएर दबाब सिर्जना गरेको आरोप लगाए ।

    सांसद अधिकारीले प्रधानमन्त्रीले दबाबमा विज्ञप्ति निकाल्न लगाएको आरोप लगाए । उनले के कारण त्तकाल एलसी खोल्ने, १० वर्ष प्रयोग गरेको हतियार किन खरिद गर्न लागेको हो भन्ने कुरा संसद जान्न चाहने भन्दै खरिद गरेको मूल्यसमेत जानकारी गराउन माग गरे । सरकारले जानकारी नदिएसम्म एमालेले हतियार खरिदको औचित्य पुष्टि गर्न माग गरिरहने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend