logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एसपीपीबारे कुरै भएन, नेपाली निर्णयलाई ‘पूर्ण रूपमा स्वीकार गर्ने अमेरिकाको भनाई

    एसपीपीबारे कुरै भएन, नेपाली निर्णयलाई ‘पूर्ण रूपमा स्वीकार गर्ने अमेरिकाको भनाई

    3.5K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुृर देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीचको भेटवार्तामा एसपीपीबारे दुवै पक्षले कुरा नगरेको अमेरिकाले बताएको छ । संयुक्त राज्य अमेरिकाले नेपालले स्टेट पार्टनरशिप कार्यक्रम अघि नबढाउने भन्दै पठाएको पत्र प्राप्त भएको जनाउँदै आफूले नेपाल सरकारको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएको छ। परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा एसपीपी अघि नबढाउने गएको असार ६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अमेरिकालाई जानकारी गराइएको बताएका थिए।

    उनले परराष्ट्र मन्त्रालयले श्रावण ९ गते यसबारे लिखित जानकारी पठाएको उल्लेख गरेका थिए। प्रतिनिधिसभामा परराष्ट्र मन्त्रीले उक्त धारणा राखेको केही घण्टापछि हाल नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

    काठमाडौंस्थित अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करले नेपाल सरकारले पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताए । उनले भने, ‘हो, हामीले स्टेट पार्टनरशिप कार्यक्रम एसपीपी बारे नेपाल सरकारले पठाएको पत्र प्राप्त गरेका छौँ। हामी एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयलाई ग्रहण गर्दै पूर्ण रूपमा स्वीकार गर्छौँ।’

    परराष्ट्रमन्त्रीले संसद्‌मा एसपीपीबारे पत्राचार गरिएको जानकारी गराएको केही घण्टापछि अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। तर ती भेटमा एसपीपीबारे दुवै पक्षबाट कुरा नउठाइएको अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख विल्करले बताए।

    उनी भन्छन्, ‘७५ वर्षदेखिको मित्रका नाताले संयुक्त राज्य अमेरिका र नेपालसँग कुरा गर्ने धेरै विषयहरू छन्। आज सहायक विदेशमन्त्री खाद्य सुरक्षा, आर्थिक विकास र लोकतन्त्र बलियो बनाउने र मानवअधिकार संरक्षण गर्ने हाम्रो साझा स्वार्थबारे छलफल गर्न नेपाल आउनु भएको हो।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend