logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कक्षा १२ को नतिजा सार्वजनिक भदौमा, ‘नन ग्रेडेड’ लागू हुने

    कक्षा १२ को नतिजा सार्वजनिक भदौमा, ‘नन ग्रेडेड’ लागू हुने

    8.5K
    Shares

    काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ प्रणाली लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले तयारी गरिरहेको छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड १९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन ग्रेडिङ विधि लागू गरिएको थियो ।

    तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन् । भन्छन्, ‘कक्षा १० को पुरानो पाठ्यक्रम भएकाले पुरानो विधि अपनाइएको हो । कक्षा १२ को नयाँ पाठ्यक्रम भएकाले निर्देशिका अनुसार नै हुन्छ ।’

    लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी नन ग्रेडेड लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो । १६ जेठदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख बढी विद्यार्थी सहभागी भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend