logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • थपिए ६६० जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु

    थपिए ६६० जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु

    6.6K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ । सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १६३, ललितपुरमा ४४, कैलालीमा २८, चितवनमा १२, मोरङमा ११, सुनसरीमा ८, भक्तपुरमा ७, झापामा ६, मकवानपुरमा ५, गुल्मी र रुपन्देहीमा ४÷४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै धनुषा, कास्की र लमजुङमा ३र३, धनकुटा, तनहुँ र पाल्पामा २र२ र इलाम, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, सप्तरी, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, पर्वत, स्याङ्जा, अर्घाखाँची, दाङ, बर्दिया, रोल्पा, बझाङ, बाजुरा र बैतडीमा १ १ जनामा कोरोना संक्रमण भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend