logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

    महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

    5.9K
    Shares
    महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

     

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आव अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो । बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो ।

    बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५।०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२।९३। प्रतिशतले बढेको हो ।

     

    अघिल्लो आवमा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा गत आवमा घटेर २.४३ प्रतिशतमा झरेको छ ।

    बैंकको चुक्ता पूँजी २० प्रतिशतले बढेर ४ अर्ब १ करोड ८ लाख पुगेको छ । पूँजी वृद्धि हुँदा पनि बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३।७३ रुपैयाँ पुगेको छ । यस्तै पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend