logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

    घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

    5K
    Shares
    घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend