logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसएस फाउण्डेसनद्वारा विद्यालयलाई झोला वितरण

    एसएस फाउण्डेसनद्वारा विद्यालयलाई झोला वितरण

    4.9K
    Shares
    एसएस फाउण्डेसनद्वारा विद्यालयलाई झोला वितरण

    काठमाडौं । एसएस फाउण्डेसनले नागार्जुन नगरपालिका–१, रानीवनस्थित बाल विकास माध्यमिक विद्यालयलाई सुविधायुक्त झोला वितरण गरेको छ । बिहीवार सामाजिक संस्था सुवर्ण समशेर फाउण्डेशनले आठ सय बढी विद्यार्थीलाई सुविधायुक्त झोला वितरण गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति समशेर राणाले विद्यालयका सबै विद्यार्थीका लागि झोला वितरण गरेका थिए ।

    झोला वितरणपछि नेता समशेरले विद्यार्थीमाथि गरिएको लगानी मुलुकको भविष्यमाथि गरिएको लगानी भएको बताए । फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर विकासका अन्य क्षेत्रमा पनि सहयोग गर्न फाउन्डेसन तयार भएको बताए । फाउण्डेसनले यसअघि मुलुकभरका दुईसय भन्दा धेरै स्वाथ्य चौकीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग गरेको थियो । त्यसबाहेक बाढी पहिरोका बेलामा उद्धारमा प्रयोग हुने विभिन्न उद्धार सामग्री पनि वितरण गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend