logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ‘कुमारी आमा’ निहारिकाले करिश्मा मानन्धर विरुद्ध आजै उजुरी दिँदै

    ‘कुमारी आमा’ निहारिकाले करिश्मा मानन्धर विरुद्ध आजै उजुरी दिँदै

    16.7K
    Shares

    काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धर विरुद्ध उजुरी दिने भएकी छन् । आफ्नो अनुमतिबिना आफ्ना निजी तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै राजपुतले आज शुक्रबार साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको बताइन् ।

    करिश्माले केही दिनअघि निहारिका र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् । शिवराजले नै आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै निहारिकाले न्यायको लडाईं लडिरहेकी छन् । अस्ति मात्रै जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेस्टका लागि आदेश दिएको छ ।

    निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनको पक्षमा आवाज उठाएकी थिइन् । उनले सामाजिक सञ्जालमा निहारिकाप्रति सहानुभूति दर्शाउनुका साथै उनलाई आर्थिक सहयोग समेत गरेकी गरिन् । करिश्मा अनशनस्थलमै आफ्ना म्यानेजरलाई पठाएर २० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

    निहारिकाले आज करिश्माले गरेको सो आर्थिक सहयोगसमेत फिर्ता गर्ने भएकी छन् । उनले करिश्माको गोदावरीस्थित घरमै पुगेर पैसा फिर्ता गर्ने बताइन् । ‘उहाँले दिएको २० हजार रुपैयाँ फिर्ता गर्छु, र साइबर क्राइममा उजुरी दिन्छु,’ उनले भनिन्, ‘उहाँले सामाजिक सञ्जालबाट मेरो गोपनियता उल्लघंनका साथसाथै चरित्रहत्या गर्न खोज्नुभएको छ ।’

    करिश्माले सामाजिक सञ्जालमा निहारिकाको तस्वीहरु पोष्ट गर्दै उनको बलात्कार नभएको पुष्टि गर्न खोजेकी थिइन् । तर, चर्को आलोचना भएपछि उनले केही दिनमा उक्त पोष्ट हटाइन् । सोही पोष्टको स्क्रिनसटसहित निहारिकाले उजुरी गर्न लागेकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend