logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    11.6K
    Shares
    थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण देखिएको हो।

    २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ।

    यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार १ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend