logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कैलाली ५ मा कांग्रेसबाट आरजु राणाको एकल सिफारिस

    कैलाली ५ मा कांग्रेसबाट आरजु राणाको एकल सिफारिस

    17.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नि आरजु राणाको आगामी निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिसमा परेकी छन् ।बुधबार केलाली ५ को प्रदेश सभा क्षेत्र क र ख क्षेत्रीय कार्यसमितिबाट आरजुको नाम एकल सिफारिसमा परेको हो ।

    कैलाली ५ का सभापति भीम पडालले प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि आरजुको मात्रै नाम सिफारिस भएर आएको जानकारी दिए । आज बस्ने क्षेत्रीय कार्यसमिति बैठकबाट पनि उनका नाम एकल सफारिस हुने पडालको भनाइ छ । यस्तै समानुपातिक तर्फ संघीय सांसदमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जीवन रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।

    बैठकले कैलाली ५ को क प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभात कुमार चौधरी, प्रेमराज जोशी, नारायण प्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।

    यसैगरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ । जसमा उद्धवबहादुर विष्ट, सिताराम राना, गणेश बहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभात कुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायण दत्त भट्ट,प्रमिला लम्साल,गणेश प्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मी नारायण चौधरी,कमल बहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारी को नाम सिफारीस गरेको सचिव निरज बिष्टले जनकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend