logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • साफ महिला च्याम्पियनसिपको उपाधि उचालेर खडेरी तोड्छौं : प्रशिक्षक थापा

    साफ महिला च्याम्पियनसिपको उपाधि उचालेर खडेरी तोड्छौं : प्रशिक्षक थापा

    18.9K
    Shares

    काठमाडौं । नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् ।

    दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदैछ । त्यसका लागि भुटान र पाकिस्तानी टोली नेपाल आईपुगेका छन् भने केही टोली आउने तालिका नजिकिँदै छ ।

    नेपाली टोली भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ । प्रतियोगिता शुरु हुन अब एक हप्ता मात्र बाँकी छ । साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् ।

    नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए । सात साताको प्रशिक्षणको क्रममा विविध
    बाधाहरु भएपनि टोलीलाई मजबुत बनाउने प्रयास गरेको उनको भनाई छ । प्रशिक्षक थापाले कम भन्दा कम गल्तीहरु गर्नेमा आपूm केन्द्रित भएको र गोल गर्ने रणनीतिका साथ टोलीलाई मैदान उत्राने बताए । पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताए ।

    साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ए मा रहेका छन् भने आयोजक नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन् । यस संस्करण पाकिस्तान पनि समावेश भएको छ । अघिल्लो संस्करणमा प्रतिवन्धका कारण सहभागि हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन् ।

    टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली टोलीका महिला खेलाडीहरु बताउँछन् । महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटकपटक फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । पाँचै पटक भारतले उपाधि जितेको छ ।

    सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन् ।यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

    प्रतियोगिताको पाँचौ संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend