logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छः अध्यक्ष प्रचण्ड

    जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छः अध्यक्ष प्रचण्ड

    12.8K
    Shares
    जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छः अध्यक्ष प्रचण्ड

     

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो मुख्य भूमिका रहेका बताएका छन् । प्रचण्डअघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु’शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

    जनार्दनको यो कुरा सुनेका प्रचण्डले पनि उनलाई सोही शैलीमा जवाफ फर्काए । प्रचण्डले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend