logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

    नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

    15.8K
    Shares
    नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

    धनुषा ।

    जिल्ला अदालत धनुषाले तीन वर्षदेखि विचाराधीन नाबालिग बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ ।

    सजाय निर्धारणका लागि यही भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालतले जनाएको छ । विसं २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोपित साह दोषी रहेको ठहर गरेको छ ।

    घटनाको एक महिनापछि १० जेठमा जिल्ला अदालतले आरोपितलाई थुनामा राख्न आदेश दिएको थियो । थुनामा पठाइसकेपछि २८ असोजमा यो मुद्दा पहिलोपटक अदालतमा पेसी चढेको थियो । पेसी चढेको पहिलो दिनको सुनुवाइ स्थागित भयो । त्यसयता २८ पटक यो मुद्दा पेसीमा चढ्यो ।

    ‘बलात्कारको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नुपर्ने भए पनि यो मुद्दाको हकमा भने त्यसो भएन । मुद्दा दर्ताको चरणदेखि नै कष्ट खेप्नुपर्यो,’ पीडित बालिकाका बुबाले भने, ‘गाउँमा आन्दोलन गरेर स्कुल बन्द गरेपछि मात्र मुद्दा दर्ता भएको थियो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend