logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको छः अर्थमन्त्री शर्मा

    सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको छः अर्थमन्त्री शर्मा

    9K
    Shares
    सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको छः अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको बताएका छन् । मंगलवार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

    उनले सरकारी संस्थानहरुमा भएको कोषहरुको समेत लगानी रहने गरी मन्त्रालयले लघुवित्त लगानी कोष नियमावली र कार्यविधि बनाइरहेको बताए । मन्त्री शर्माले गरीबको घरमै सहुलियत ऋण पुग्नेगरी कोष निर्माण कार्य अघि बढेको बताए । उनले सरकारले सहुलियतपूर्ण ऋण सबै भन्दा कमजोर समुदाय,साना किसान र साना उद्यमीहरु भएको ठाउँमा पु¥याउने लक्ष्य रहेको बताए ।

    उनले भने,‘ सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको छ । सरकारी संस्थानहरुमा भएको कोषहरुको समेत लगानी रहने गरी मन्त्रालयले नियमावली र कार्यविधि बनाइरहेको छ । साना किसानहरुलाई उनीहरुको घर दैलोमा लगानी गर्नका लागि यसले काम गर्नेछ । अहिले लघुवित्तहरुमा प्रश्न उठेको छ । गरिवहरुलाई महँगो ब्याजमा ऋण दिएर गरिवहरु समस्यामा परेको बाहिर आइरहेको छ । यो सन्दर्भमा बजेटले समेटेको र अहिले कार्यान्वयनको चरणमा रहेको छ ।

    सरकारले सहुलियतपूर्ण ऋण सबैभन्दा कमजोर समुदाय,साना किसान र साना उद्यमीहरु भएको ठाउँमा पु¥याउनु पर्छ भन्ने विषय बजेटले व्यवस्था गरेको छ । धेरै संख्यामा रहेका साना किसानहरु र ग्रामिण क्षेत्रमा ग्रामिण अर्थतन्त्रको विकास नगरी नेपालमा समृद्धिको बाटोमा जान सक्दैनौं । ग्रामिण अर्थतन्त्रलाई जोड दिने गरेर सरकार जाने हो । सहरमा पनि बेरोजगार र सुकुम्वासीहरु रहेका छन् । उहाँहरुलाई पनि उद्यमशीलतामा जोड्न विषय छ । ग्रामिण अर्थतन्त्रलाई जोड दिएर ग्रामिण क्षेत्रमा भएको स्रोत र साधनको प्रयोग गरेर त्यसबाट उत्पादन वृद्धि गरेर आवश्यक प्रविधिको विकास गर्नुपर्ने आवश्यकता छ । कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छ । यसका लागि बैंकको नीति बदल्नुपर्छ, देशको आवश्यकताका आधारमा नीतिहरु विकास र बिस्तार गर्नुपर्छ, सर्वसाधारण जनताको विश्वास जित्नेगरी वित्तीय क्षेत्रले काम गर्नुपर्छ । परियोजनालाई कसरी सम्पती मान्ने छुट्टै धितो चाहिने अवस्था छ त्यसको लागि कस्तो नीति आवश्यक छ भन्ने विषय सोच्नुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend