logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छः सभामुख सापकोटा

    पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छः सभामुख सापकोटा

    3.6K
    Shares

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा सभामुख सापकोटाले यस्तो बताए ।

    उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए । सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे ।

    सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताए । उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वार्थका लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने जिकिर गरे ।

    सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए । नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको उनको भनाई छ । उनले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend