logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • गगनलाई काठमाडौं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका सूर्यको समर्थन

    गगनलाई काठमाडौं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका सूर्यको समर्थन

    7.6K
    Shares
    गगनलाई काठमाडौं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका सूर्यको समर्थन

    काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका संचारकर्मी, तथा कलाकार सूर्य चन्दले गगन थापालाई सहयोग गर्ने भएका छन् ।

    क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवासँगको छलफलपछि चन्द आसन्न निर्बाचनमा संघीय संसदमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने निष्कर्षमा पुगेका हुन् ।

    नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा यसअघि पनि काठमाडौं–४ बाट निर्वाचित भएका थिए। थापाले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार तिव्र बनाएका छन्।

    जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने थापाको प्रतिवद्धताका कारण आफ्नो साथ रहेको चन्दले जानकारी दिएका छन् ।।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend