logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ललितपुर महानगरपालिकाले तिहारभर फुटपाथ व्यापार गर्न दिने

    ललितपुर महानगरपालिकाले तिहारभर फुटपाथ व्यापार गर्न दिने

    3.2K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने भएको छ। पैदल यात्रुलाई असर गरेको भन्दै यसअघि सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गरी पसल राख्न दिने भएको हो।

    स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पल लगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा आजदेखि तिहारभरि पसल राख्न दिने महानगरपालिकाले जनाएको छ ।

    ‘हामीले तिहारको समयमा व्यवस्थित गरेर लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न दिने निर्णय गरेका हौं,’ मेयर चिरीबाबु महर्जनले भने, ‘तिहारपछि हामी फेरि खाली गर्नेछौं।’

    पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको फुटपाथमा पसल राख्दा आवतजावतमा असहजता भए पनि तिहारको समयमा गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए।

    ‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएका हौं,’ उनले भने, ‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चारपाङ्ग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय भएको छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend