logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • खेलकुदले समाजलाई एकतावद्ध बनाउँछः राजेश हमाल

    खेलकुदले समाजलाई एकतावद्ध बनाउँछः राजेश हमाल

    3.4K
    Shares
    खेलकुदले समाजलाई एकतावद्ध बनाउँछः राजेश हमाल

     

    काठमाडौं । महानायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले खेलकुद खेलमा मात्रै सिमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए । उनले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता भएको बताए । उनले खेलकुदले राष्ट्रमा मात्रै सिमित नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको बताए । महानायक हमालले ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय स्तरका खेलहरुको आयोजना गर्न तँछाडमछाड गर्नुको कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भुमिका खेल्ने बताए ।

    महानायक हमालले भने, ‘स्पोर्टिङ इभेन्ट्स खालि एउटा स्पोर्ट्समा मात्रै निर्धारित नभएर स्पोर्टिङ इभेन्ट्सले समाजलाई ऐक्यवद्धता गर्ने, युनाइट गर्ने गर्नेपनि ठूलो भुमिका खेल्ने गर्छ । स्पोर्टिङ इभेन्ट्स उत्साहजनक रुपमा कुनै एउटा शहरमा, राष्ट्रमा हुन्छ, त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि बेग्लै किसिमको प्रभाव पारेको हुन्छ । राष्ट्रिय स्तरमा दर्शकले दिएको माया, उत्साहहरुले विभिन्न किसिमका चुनौतीका बाबजुद पनि चाहे राजनीतिक चुनौती होस्, चाहे सामाजिक, आर्थिक चुनौती होस्, कहीँ न कहीँ राष्ट्रमा सन्तुलन छ । एउटा अर्गनाइज हिसावले चलेको छ भन्ने छवि बसाल्छ । त्यसैले खेलकुदको त्यो महत्व छ । ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय इभेन्टका लागि तँछाडमछाड गर्नुको अर्थ त्यही नै हो । त्यसको पछाडि आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रिय नक्शामा प्रभुत्वका साथ राख्ने उनीहरुको उद्देश्य हुन्छ ।’

    महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend