logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

    दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

    2.5K
    Shares
    दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

    दाङ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

    उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए । निर्वाचन सुरक्षा समन्वय समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लाका ग्रामीण बस्तीका मतदानस्थल अतिसंवेदनशील छन् । बबई, राप्ती, बङ्गलाचुली र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । निर्वाचनमा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि परिचालन गरिएको छ ।

    निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । जिल्लाका सबै ठाउँमा रहेका मतदानस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ । प्रजिअ रेग्मीले निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको र मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुने सुरक्षा प्रबन्ध गरेको बताए ।

    दाङमा निर्वाचनका लागि तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार दाङका एक सय ५३ वटै मतदानस्थल तथा चार सय ६५ मतदान केन्द्रमा कर्मचारी खटाइएको हो । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाईएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा मतगणना सोही निर्वाचन क्षेत्रमै हुने भएको छ । दाङ क्षेत्र नं। १ को लमही नगरपालिकाको हलमा, क्षेत्र नं। २ को जिल्ला समन्वय समिति घोराहीको हलमा र क्षेत्र नं ३ को राप्ती बबई क्याम्पसमा हुने भएको निर्वाचन अधिकारी भण्डारीले बताए ।

    दाङमा सबै निर्वाचनका सामग्री पनि आइपुगेका छन् । एकहप्ता अघि नै मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत सबै सामग्री आइपुगेका हुन् । यसैबीच निर्वाचनमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सुरु भएको छ ।

    मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै प्रशिक्षण सुरु गरिएको हो । शुक्रबार दाङ निर्वाचन क्षेत्र नं १ को लमहीमा प्रशिक्षण सम्पन्न भएको छ । आज निर्वाचन क्षेत्र नं २ को घोराहीमा र आइतबार निर्वाचन क्षेत्र नं ३ को तुलसीपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षणको व्यवस्था तय गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend