logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

    चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

    2.9K
    Shares
    चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी-२० सम्मेलनअघि इन्डोनेसियामा उनीहरूको भेट भएको हो। चिनियाँ राष्ट्रपति सीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् ।

    राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका छन् र मानवहरूले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छन् भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको बताए ।

    जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको उनको भनाइ थियो ।

    भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन्। चीनसँग सम्बन्ध सुधारका लागि आफू तयार रहेको बाइडेनको भनाइ छ।

    ‘विश्वका समस्या समाधानका लागि चीन र अमेरिकाबीच आपसी सहकार्यको आवश्यकता छ’, बाइडेनले भनेका छन्, ‘म चाहन्छु हाम्रा मतभेदको व्यवस्थापन होस् र हामीबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस्।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend