logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • धनुषा–३ (२) मा एमालेका ठाकुर निर्वाचित

    धनुषा–३ (२) मा एमालेका ठाकुर निर्वाचित

    4K
    Shares
    धनुषा–३ (२) मा एमालेका ठाकुर निर्वाचित

    धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा एमालेका दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाए । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गरेका थिए ।

    यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend