logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • समानुपातिकतर्फ एमाले सबैभन्दा माथि, कसले कति मत पाए ?

    समानुपातिकतर्फ एमाले सबैभन्दा माथि, कसले कति मत पाए ?

    3.1K
    Shares
    समानुपातिकतर्फ एमाले सबैभन्दा माथि, कसले कति मत पाए ?

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा बढी मतका साथ शीर्ष स्थानमा छ । हालसम्म एमालेले २७ लाख ९९४ मत पाएको छ। कांग्रेसले २५ लाख ५९ हजार ८४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत पाएको छ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १४३ , जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१ मत पाएका छन् ।

    जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत, नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार ६०६ मत पाएको छ ।

    नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएको छ ।

    नेपाल मजदुर किसान पार्टी ७३ हजार ६४३ मत, हाम्रो नेपाली पार्टी ५३ हजार ९७१ मत, मङ्गोल नेशनल अर्गनाइजेशन ४७ हजार ८१२ र राष्ट्रिय जनमोर्चा ४५ हजार ७३९ मत पाएको छ ।

    हालसम्म एक १ करोड ४१ हजार १२८ मत गणना गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend