logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न गृहमन्त्रीको निर्देशन

    प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न गृहमन्त्रीको निर्देशन

    2.3K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल उच्च गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए ।

    मंसिर ४ मा सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै गृहमन्त्री खाँणले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो ।

    गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक समेत निरीक्षण गरेका छन् । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न पनि निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend