logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • अहिलेको संसदीय व्यवस्था जनताको निम्ति हीतकर छैनः महासचिव चन्द

    अहिलेको संसदीय व्यवस्था जनताको निम्ति हीतकर छैनः महासचिव चन्द

    4.1K
    Shares
    अहिलेको संसदीय व्यवस्था जनताको निम्ति हीतकर छैनः महासचिव चन्द

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

    उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताए । महासचिव चन्दले वि.सं.२००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको बताए । महासचिव चन्दले अहिलेको संसदीय व्यवस्था आधारभुत रुपले जनताको निम्ति हीतकर नभएको उल्लेख गर्दै अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल सावित भइसकेको दाबी गरे । उनले नेपालमा परिवर्तनको पक्षमा जनताले चाहेको वहस गर्न आवश्यक रहेको पनि बताए ।

    उनले भने, ‘यो निर्वाचनले के प्रमाणित गरेको छ भने नेपाली जनतामा ठूलो उकुसमुकुुस उथलपुथल छ, जनताले एउटा रुपान्तरण, परिवर्तन, स्वाधिनता, शान्ति, समृद्धि चाहेका छन् । तर नेपालका संसदवादी दलहरु त्यसको नेतृत्व गर्न सक्षम देखिँदैनन् भन्ने सन्देश जनताले दिएका छन् । २००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने देखिन्छ । देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको छ । यो संसदीय व्यवस्था आधारभुत रुपले जनताको निम्ति हीतकर छैन । संकटग्रस्त र असफल सावित भयो । नेपालमा जनताले चाहेको परिवर्तनको पक्षमा नयाँ बहस गरौँ ।’

    महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए । उनले संघीयता आवश्यक हो भने त्यसको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको बताए । उनले नेपालमा एकीकृत जनक्रान्तिको आवश्यक्ता रहेको पनि बताए । पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लगि विशेष नीति ल्याउन आवश्यक भएको पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend