logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • खहरे खोलाको पानी ल्याउन श्रमदान

    खहरे खोलाको पानी ल्याउन श्रमदान

    2.4K
    Shares

    चितवन । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् ।

    पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वर्षांै भइसक्यो । रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुआत गरेका हुन् । सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफलसमेत गरेका थिए । लगत्तै उनकै नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो ।

    विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चार पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको छ ।

    स्थानीय सीता भट्ट नगरवासीको मुख्य समस्या पानीको रहेको बताउँछन् । “इनारको पानी खान बाध्य छौँ”, उनले भने । हाल दैनिक एक सय जना जनश्रममा जुटेका उनले बताए । स्थानीय राधा कुँवर र भोलादेवी कुँवर गुप्ता पनि घरको काम छाडेर जनश्रममा जुटेको बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend