logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि

    माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि

    2.4K
    Shares
    माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि

    काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्र्टमा एसएमएस प्रमाणिकरण प्रविधि थपेको छ।

    बैंकले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले उक्त प्रविधि थप गरेको बताएको छ।

    पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरू र अनाधिकृत कारोबारहरू कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको बैंकको भनाइ छ।

    मोबाइल बैंकिङमा हाल ओटिपी सेयरमार्फत सबैभन्दा धेरै अनाधिकृत कारोबारहरू भइरहेको छ।

    विभिन्न लक्की ड्र, ठूलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटिपी सेयर गर्न लगाई ह्याक्रहरूले ठूलो मात्रामा अनाधिकृत कारोबारहरू गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरूवात गरेको बैंकले बताएको छ।

    बैंकले यस प्रविधिको सुरूवात गरेसँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिङमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको बैंकको भनाइ छ।

    बैंकका अनुसार यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरूको मोबाइल बैंकिङ सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ।

    स्मार्ट बैंकको रूपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आएको र विभिन्न बैंकिङ सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend