logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

    शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

    2.8K
    Shares
    शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

    काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौँका रामकृष्ण बराल र वरिष्ठ उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित भएका छन् ।

    शान्ति समाजको शनिबार नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५औँ राष्ट्रिय परिषद् बैठकको निर्वाचनमा उपसभापतिमा चितवनका राजेन्द्र पौडेल र उपसभापति महिलातर्फ सुर्खेतका पुष्पा मल्ल निर्विरोध निर्वाचित भएकी छन् ।

    महासचिवमा काठमाडौँका रेनुका पौडेल, कोषाध्यक्षमा काठमाडाँैका किरण ढकाल, प्रदेश १ सचिवमा तेह्रथुमका लक्ष्मीनारायण मिश्र, मधेश प्रदेश सचिवमा पर्साका अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा ललितपुरका चन्द्रमणि बञ्जारा, गण्डकी प्रदेश सचिवमा गोरखाका सीताराम तिवारी, लुम्बिनी प्रदेश सचिवमा नवलपरासी पश्चिमका सन्तोष अधिकारी क्षेत्री, कर्णाली प्रदेश सचिवमा सुर्खेतका प्रकाश शाही, सुदूरपश्चिम प्रदेश सचिवमा कैलालीका भक्तबहादुर विश्वकर्मा, सचिव आदिवासी÷जनजातितर्फ नुवाकोटका रामप्रसाद जोशी, सचिव मधेशीमा सुनसरीका सन्तोषकुमार रौनियार, सचिव दलितमा दाङका निर्मल नेपाली र सचिव महिलातर्फ रुपन्देहीका मीना ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी चार जना महिला सदस्यमा नम्रता खरेल काठमाडौँ, फूलमाया सुनार रुपन्देही, जानुका अधिकारी नुवाकोट, मीरादेवी अधिकारी बारा र सदस्य खुलातर्फ छ पदमा धनपति खनाल (डिपी) रुपन्देही, ज्ञानेन्द्र निरौला झापा, तुलसीराम सुनार दाङ, विनोद अधिकारी चितवन, दिल्लीप्रसाद जैसी सल्यान र देवराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारी÷सदस्यलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमाणपत्र प्रदान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend