logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

    सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

    2.8K
    Shares
    सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

    काठमाडाै‌ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन् ।

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । उनले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।

    उनले भने, ‘राजनीतिमा हारजित भइराख्छ, तर हामीले एउटा मुद्दामा हामी खडा भएको हो । हामीले प्रधानमन्त्रीलाई पनि जुन मत दिएका थियौँ । त्यो मुद्दाकै आधारमा संविधान रक्षाको विषयलाई उठाएकाले हामीले दिएका हौँ । यो सभामुखको पद र राष्ट्रपतिको पद यो संवैधानिक पद मात्रै नभएर पार्टीको दलगत स्वार्थ भन्दा माथि उठेर संविधान रक्षाको पक्षमा, कानूनी शासनको पक्षमा र संसदको गरिमा र मर्यादालाई कायम राखेर एक पक्षमा हुनुपर्ने भएकाले अहिले जसरी सत्ताधारी दल र त्यो पनि ओलीजीको संयोजनमा जसरी उम्मेदवारी दिइरहेको छ, त्यसले संविधानमाथि नै भोलि कुठराघात हुने खतरा भएको छ । त्यसकाप्रति हामीले खबरदारी गरेका छौँ । गठबन्धनलाई फ्याक्शन गराउने भन्दा पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छु संविधानको रक्षाका लागि गठबन्धन बन्यो । अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्ने भयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति÷उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने उहाँहरुकै हातमा छ ।’

    नेपाली काँग्रेसका प्रवक्तासमेत रहेका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend